हावामा विमान ठोक्किदा ४ को मृत्यू

जर्मनीको काल्र्सरुहे सहरको आकासमा एउटा सानो विमान तथा एक हेलिकप्टर हावामा ठोक्किदा ४ जनाको मृत्यू भएको छ । चिनियाँ समाचार संस्था सिह्न्वाका अनुसार काल्र्सरुहेको प्रहरी ट्विटरमा खेलकुद प्रयोजनकमो विमान बचाउ अभियानका लागि काम गर्ने हेलिकप्टरसँग ठोकिएको बताएको छ ।
राहतकर्मी, दमकलकर्मी तथा बचाउका लागि कैयौ हेलिकप्टर दुर्घटनास्थलमा तैनाथ गरिएको छ ।
स्थानिय सञ्चार माध्यमका अनुसार विमान ठोकिएको कारण पत्ता लागेको छैन । दुर्घटनास्थलम सुरक्षा प्रदान गरिएको छ । दुर्घटनामा मारिनेमा दुई हेलिकप्टरका पाइलट र दुई विमानका चालक छन् ।