Logo

८७ वर्षे लेखक तिलक प्रकाशको वीरग्रन्थ सार्वजनिक

भक्तपुर – ८७ वर्षको उमेरमा पनि कलम चलाउन सक्रिय लेखक, वरिष्ठ साहित्यकार, एवं राजनीतिज्ञ तिलक प्रकाश कायस्थको नयाँ पुस्तक ‘वीरग्रन्थ’ सार्वजनिक भएको छ ।
तिलक प्रकाशको खोजमा आधारित नेपालमा प्रजातन्त्रका लागि लडेका वीर योद्धाहरूको जीवनीमा आधारित रहेर नेपाल र नेपालीको विगत देखि वर्तमान सम्मको इतिहास समेट्ने पुस्तकका रूपमा वीरग्रन्थ सार्वजनिक भएको हो ।
सुवर्णशमशेरको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलन र आधुनिक अर्थतन्त्र निर्माणमा सुर्वणशमशेरको भूमिका विषयक विचार गोष्ठीको अवसरमा कायस्थको वीरग्रन्थ सार्वजनिक गरिएको हो ।
सुवर्ण स्मृति परिषद्ले प्रकाशनमा ल्याएको यो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना सहिद तथा वीर वीरंगनाहरूको जीवनी समावेश गरिएको छ ।
पुस्तका नेपालका प्रथम सहिद लखन थापादेखि विक्रम संवत १९९७ साल, २००७ साल हुँदै २०४६ सालको आन्दोलनका सहिद तथा वीर वीरंगनाहरूले शारीरिक एवं मानसिक दुःख कष्ट के कति भोगे ती घटनाक्रम उल्लेख गरेर पुस्तक ल्याएको लेखक तिलक प्रकासले जानकारी दिए ।
“नेपालको मौलिक अधिकारयुक्त स्वतन्त्रता प्राप्तिको दौरान शहादत प्राप्त गरेका सहिद, तानाशाहहरूको जेलमा अति पिटाइबाट जेलमै मृत्यु वरण गरेका र जेलबाट छुटेपछि घर पुगेर केही समयमा मृत्यु भएका र जीवनभर प्रजातान्त्रिक अधिकारका लागि लडेका वीर वीरंगनाहरूका घटनाक्रम आधारित भएर पुस्तक लेखिएको लेखक कायष्थले जानकारी दिए ।
चार वर्ष लगाएर लेखिएको उक्त पुस्तकमा कसरी विदेशी हस्तक्षेप २००७ सालदेखि हालसम्म छ यसबाट देशलाई जोगाउन को–को कसरी मुर्नु प-यो भन्ने विषय जानकारी हुने लेखकले बताए ।
पुस्तक तयार गर्न अनगिन्ती पुस्तक, पत्रपत्रिकाको अध्ययन गरिएको केहि आफैले देखेका भोेगेका र केही पुस्तक र पत्रपत्रिकाबाट लिएका विभिन्न अध्यायहरूलाई समेटेर पुस्तकलाई मूर्तरूप दिँदै वास्तविकता झल्काउन खोजिएको उनको भनाइ छ ।
पुस्तकमा पुष्पलाल श्रेष्ठ, पद्म रत्न तुलाधर भरतगोपाल झा, बीपी कोइराला, गणेशमानलगायतका नेता तथा विभिन्न सहदत दिने देश भरका योद्धाको विषयमा लेखिएको छ । लेखकका अनुसार पुस्तकमा पुष्पलाल, गणेशमान, बीपीलगायतका नेताले इतिहासमा गरेका गल्ती जसका कारण हालसम्म पनि हामीले भोग्नु परेका परिणामको विषयमा पनि उल्लेख गरिएको लेखक कायस्थले जानकारी दिए ।
कार्यक्रमममा प्राध्यापक डाक्टर जयराज आचार्यले पुस्तकामा समेटिएका विषय वस्तु ८७ वर्षको उमेरमा लेखकको लगाव देखेर अचम्म परेको बताएका थिए । उनले ८७ वर्षको उमेरमा पनि चार वर्षसम्म खोज अनुसन्धान गरी ल्याइएको यस पुस्तकबाट नेपाली इतिहासमा विभिन्न योगदान दिने व्यक्तिहरूको विषयमा एकै पुस्तकमा जानकारी पाउन सकिने भएको छ ।
यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार एवं लेखक भैरब रिसाल, पूर्व सवासद लेखनाथ न्यौपाने, त्रिविका पूर्व उपकुलपति नविन प्रकाशजंग शाह, दिव्यमणि राज भण्डारीलगायतका महानुभावको उपस्थिति थियो ।
लेखक कायष्थको यो १४ औं कृति हो । लेखकको प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते मात्र ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी पी कोइराला’ सार्वजनिक भएको थियो ।
यसअघि कायस्थको नेपाल भाषाका ‘योमरी’ (उक्ति संग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध संग्रह), ‘वयागु हाथ्या’ (कथा संग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘उत्सर्ग’ (कविता संग्रह), ‘कमला’ (कथा संग्रह) प्रकाशन भइसकेको छ भने जीवन दर्शन प्रकाशोन्मुख छ ।

-सञ्जीब दुलाल

प्रतिक्रिया दिनुहोस्