स्प्राइटको मेगा प्रमोसन क्याम्पेन «

स्प्राइटको मेगा प्रमोसन क्याम्पेन

स्प्राइटले यो गर्मीका लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा भएको जनाइएको छ ।
जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु भएको उल्लेख छ । यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ । यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउने जनाएको छ । सहभागीहरूले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।
योजना ८ फागुनदेखि १६ चैतसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । ग्राहकहरूले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताका लागि अनिवार्य रूपमा आफूसँग राख्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्