Logo

शिवरात्रीमा महालक्ष्मी विकास बैंकको शिविर

महालक्ष्मी विकास बैंकले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै महाशिवरात्री पर्वको अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका–६ मा रहेको केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ ।
महाशिवरात्रीलाई लक्षित गरी दर्शन गर्न आएका भक्तजन तथा श्रद्धालुहरुलाई सहज गराउन शिविर सञ्चालन गरिएको लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । मन्दिर दर्शन गर्न पुगेका दर्शनर्थीले बैंकले गरेको पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका छन् ।
महाशिवरात्रीमा केदारेश्वर मन्दिर पुगेका पाँच हजार श्रद्धालुलाई चिया, फलफूल तथा पानी वितरण गरिएको बैंकले जनाएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्