Logo

कामना सेवा विकास बैंकका तीन शाखा विस्तार

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवनमा तीन वटा शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ ।
बैंकले चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजार, कालिका नगरपालिका–४ पदमपुर र भरतपुर महानगरपालिका–२५ अमृतचोकमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत ग्राहकलाई बैंकिङसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको दावी गरेको छ ।
बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रमासमेत शाखा विस्तार गर्दै जाने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्