आइएमई पे डेको घोषणा

दराज नेपालले आइएमई पेसँग साझेदारी गरेको छ । योसँगै दराजले हरेक आइतबार आइएमई पे डेको घोषणा गरेको छ ।
आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।
साथै, दराजका ग्राहकले आफ्नो आइएमई पे भिसा कार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् । यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।
“आइएमई पेसँग साझेदारी गरी आइएमई पे डे घोषणा गर्न पाउँदा हामी निकै खुशी छौं । यस साझेदारीको मुख्य उद्देश्य ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि प्रोत्साहन गर्नुका साथै नेपाली ई–कमर्स प्रविधिलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्नु हो” दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँले भने ।
ग्राहकले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरू दराज एप वा वेबसाइट मार्फत संकलन गर्नुपर्छ । संकलित भाउचरहरू चेकआउटको समयमा स्वतः लागू हुने कम्पनीले जनाएको छ ।