अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा बर्जर पेन्ट्स साझेदार

काठमाडौं ट्रिनाले त्रैवार्षिक रूपमा आयोना गर्ने चौथौ काठमाडौं ट्रिनाल २०७७ अन्तर्राष्ट्रिय कला प्रदर्शनीका लागी काठमाडौं ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।
यस साझेदारीमार्फत बर्जर पेन्टस्ले नेपालको कला र संस्कृतिलाई प्रवद्र्धन गर्नेछ ।१७ देखि १७ चैतसम्म हुने कला प्रदर्शनीमा ४० राष्ट्रका १०० जना कलाकारहरूले आफ्ना ३०० कलाकृति प्रदर्शन गर्नुका साथै विभिन्न विधामा आधारित रहेर काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक महत्वका ५ ठाउँहरूमा आफ्ना कलाहरू प्रस्तुत गर्नेछन् ।
विश्वव्यापी समकालीन कला प्रदर्शनीको लागी काठमाडौं ट्रिनाले नेपालकै प्रमुख अन्तर्राष्ट्रिय मञ्च भएको जनताएको छ । काठमाडौंको कला र संस्कृतिलाई विश्वसामु चिनाउन सिद्धार्थ आर्ट फाउन्डेसनको पहल स्वरुप यस प्रदर्शनीको पछिल्लो संस्करण सुरु हुन लागेको आयोजकले जनाएको छ ।