Logo

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावासका प्रथमसचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले कैलाली जिल्लाको धनगढीमा निर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरे । उनीहरूले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ७५ वटा परियोजनामध्ये एक हो ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत चार करोड २२ लाख ६० हजारको लागतमा यी भवन निर्माण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्