सर्वोच्चले माग्यो सबै नेपालीलाई आईपीओ भर्ने, पर्ने, सुलभ गर्ने रिट दरपीठ हुनुको कारण «

सर्वोच्चले माग्यो सबै नेपालीलाई आईपीओ भर्ने, पर्ने, सुलभ गर्ने रिट दरपीठ हुनुको कारण

सर्वोच्च अदालतले आईपीओ भर्ने, पर्ने, सुलभ गर्ने रिट अस्वीकृत (दरपीठ) गर्नुको कारण सहितको प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृत लिएर राष्ट्र उत्थान लघुवित्त वितीय संस्था लिमिटेड, बनेपा न.पा. वडा नं. १३, साँगा, काभ्रेपालान्चोकले सार्बजनिक शेयर जारी गरे पछी  अपराध र भ्रस्ट्राचार निर्मूल गर्न र एक  तिहाई कर  घटाउन नोट खारेज गर्नु पर्ने सो को लागि सबैलाई रु २९ हजार शेयर दिनु पर्ने भनि सार्बजनिक शेयर आन्दोलन गर्ने वरिष्ठ सी ए एकबहादुर क्षत्री उक्त निष्काशन कानून बिपरित कानूनको मर्म सार्बजनिक सम्पतिको बितरण गरिएको छ भनी सम्मानित  सर्बोच्चमा  रिट दिएका थिए । तर उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरि दिएको थियो ।

रिटमा नेपाल सरकार, धितो पत्र बोर्ड, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय,नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा  राष्ट्र उत्थान लघुवित्त वितीय संस्था लिमिटेडहरुको विरुद्धमा  परेको थियो । तर उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरि दिएको थियो ।

सो दरपीठको आदेश विरुद्ध वरिष्ठ सी ए  क्षत्रीले  दिएको निवेदनमा माननीय न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दरपीठ हुनुको आधार र कारण उल्लेख गरिएको कैफियत प्रतिवेदन पेश गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो ।

अब सर्वोच्च प्रशासनले सबैले शेयर भर्ने समेत नपाउने  रिट निवेदन दरपीठ गर्नुको आधार र कारण समेत खुलाएर इजलासमा प्रतिवेदन पेश गर्नेछ । त्यसका आधारमा सर्वोच्च अदालतले रिट निवेदन दरपीठ गर्नु उचित हो कि होइन भनी टुंग्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्