सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गाईघाटमा

सांग्रिला डेभलपमेन्ट बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सो शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
गाईघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज रुपैम बैंकिङ ुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । उदयपुर शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १११ पुगेको छ ।
बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।