नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल बैंक र काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ ।
बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकलाई आगन्तुक रिसोर्टका सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरिएको छ । बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको बताइएको छ ।
सम्झौतामा बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र रिसोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।