Logo

बोटका उत्पादन नेपाली बजारमा

भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहनेछ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् । इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीर कम्पनीका उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा अत्यन्तै उत्साहित रहेको बताए ।
बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोशेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठूलो लगानी गरेको छ ।
कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्