टुँडीखेलमा सेना दिवसको रौनक, पशुपतिमा भक्तजनको भीड «

टुँडीखेलमा सेना दिवसको रौनक, पशुपतिमा भक्तजनको भीड

माचपास गर्दै नेपाली सेना महाशिवरात्रि तथा सेना दिवसका अवसरमा मङगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा मार्चपास गर्दै नेपाली सेना ।

नेपाली सेनाले मंगलबार सेना दिवसको अवसरमा काठमाडौंको टुँडीखेलस्थित सैनिक मञ्चमा विभिन्न कौशल प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
मंगलबार नै शिवरात्रिको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो रह्यो । शिवरात्रिको दिन भगवान शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुकी विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुनी जगाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्