स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको संख्या बढ्दो

मुगु जिल्लामा रहेका चारै स्थानिय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्षे जनशक्ति र पूर्वधारको सुबिधा बनेपछि स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्करी गरोर्नेको संख्या बढी रहेको छ ।
बिगतका वर्षहरूमा सुत्केरी आमाहरूले घर गोठमामा जोखिम मलेर सुत्केरी हुने बाध्य थियो ।
अहिले जिल्लामा रहेका अधिकांश वडाहरूमा प्रसूति गृह सञ्चालनमा आएपछि मागृ तथा शिशु मृत्युदर पनि घट्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार ५ वर्ष मुनिका बाल मातृ शिशु मृत्युदर शून्य रहेको देखीन्छ । जिल्ला भरी २७ वटा प्रसूति गृह सन्चालनमा आएका छन् ।
घरमा सुत्केरी हुने आमाले सरकार बाट पाउर्ने कुनै पनि सुबिधा नपाउर्ने र स्वास्थ्य सस्थामा चेक जाँच गराउर्ने प्रसूति गृहमा सुत्केरी हुन आउने आमालाई ४ देखि ९ पटक सम्म चेकजाच गराएबापत ८ सय, यातायात खर्च ३ हजार र प्रदेश सरकार बाट कोसेली कार्यक्रममार्फत २ हजार गरी जम्मा ५ हजार ८ सय र स्थानिय सरकार बाट सुत्केरी आमार बच्चलाई न्यानो कपडा सन्तुलित भोजन कोसेली दिर्ने भएको हँुदा यो आव साउनदेखि माघ महिना सम्म जिल्ला अस्पता ठिनी मुगुबाट सुरक्षित सुत्केरी हुन आउने आमाको संख्या २ सय ३० जना पुग्यकी छन् । गर्त वर्षभन्दा यो वर्ष स्वास्थ्य सस्थामा आएर सुत्केरी हुनेको संख्या बढी रहेको जिल्ला अस्पताल ठिनीमा कार्यरत सिनियर अनमी रामदेवी केसीले बताइन् ।
घरमा दिदीलाई सुत्केरी गराउन निकै समस्या भएको थियो गरिबीको कारण सुर्खेत, नेपालगन्जमा लिन नसक्र्ने आफ्नै जिल्ला अस्पताल मुगुमा सहजै रुपमा सुत्केरी गराउन सकियो बच्चा र सुत्केरीको ज्यान जोगियो भर्ने अर्को तर्फ अस्पतालमा सुत्करी गराउर्दा आर्थिक पाउर्ने भएको हुँदा निकै खुसी भएको छायाँनाथ रारा नगरपालिका–७ की धनसरा नेपालिलले बताइन् ।