Logo

बलात्कार आरोपी सांसद बानियाँ फरार सूचीमा

जुम्ला – बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगु जिल्लाका नेकपा एमाले समानुपातिक सांसद बानियाँ प्रहरीको फरार सूचीमा रहेका हुन् ।
माघ १९ गते नेपालगन्जको एक होटलमा बलात्कार गरेको भन्दै सांसद बानियाँ विरुद्ध जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिईन् । प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको ७ दिनपछि अर्थात फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौ भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।
पीडित महिलाकाअनुसार पक्राउ पुर्जी जारी भएपनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँ खुलेआम घुमिरहेको र प्रहरी मुकदर्शक बनेको आरोप छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाडो भन्दा चाडो पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १÷२ दिनभित्रै पक्राउ गरिने बताए । उनले भने,“पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफैं प्रहरी समक्ष उपस्थित हुन्छु भनेका थिए । एसपी अधिकारीका अनुसार सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो । बाँकेबाटै प्रहरीको टोली परिचालन गरिएको छ । अबको १÷२ दिनभित्रै पक्राउ गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्