शिवम् सिमेन्टका अध्यक्ष गोयललाई मानार्थ विद्यावारिधि

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलले मानार्थ विद्यावारिधिबाट सम्मानित भएका छन् ।
गोयललाई फ्रान्स पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले बिजनेस म्यानेजमेन्टमा विद्यावारिधिको मानार्थ उपाधि प्रदान गरेको हो । गोयलको कुशल व्यवस्थापन र उनले व्यावसायीक क्षेत्रमा पु-याएको योगदानको सम्मान गर्दै गएको १३ फागुनमा थाइल्यान्डमा आयोजित एक कार्यक्रममा मानार्थ विद्यावारिधि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आवद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा लोकप्रिय ब्रान्ड बनाउन सफल भएका छन् ।