Logo

रियलमी जिटी–२ सिरिज सुरु हुने

रियलमीले ‘रियलमी जिटी–२’ सिरिज सुरु गर्ने भएको छ ।
कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०२२ मा रियलमी जिटी–२ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो । गत महिनाको सुरुआतमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन अत्याधिुनिक चिपसेटबाट सञ्चालित रहेको कम्पनीको भनाइ छ । युरोपियन बजारमा सञ्चालित यो पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ ।
यो फोन हालसम्मको सबैभन्दा प्रिमियम फ्लागसिप लाइन–अपको रुपमा रहने कम्पनीको लक्ष्य छ । विश्वभरका प्रयोगकताका लागि नयाँ प्रविधि उपलब्ध गराउने लक्ष्यअनुसार यो सिरिज सुरु गर्न लागिएको कम्पनीको भनाइ छ । रियलमीले तीन वर्षमा १० करोड युनिट बिक्री गरेको बताएको छ। हाल रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको कम्पनीको दावी छ ।
रियलमी जिटी–२ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र इनोभेसन फरवार्ड कम्युनिकेशन समावेश हुनेछ । जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्तालाई अद्भुत अनुभव प्रदान गर्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्