जाल्पा लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।
सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्ने सम्झौतामा उल्लेख छ ।