Logo

उद्यमशिलता विकासका लागि नबिल बैंकको त्रिपक्षीय सहकार्य

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ ।
पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ बैंकले लिएको दिगो बैकिङको पहलमा सम्झौता कोशेढुंगा साबित हुने बताए । उनले यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविलसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठूलो टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजबुत बनाउन सम्झौताले सहयोग गर्ने बताए ।
तानसेन नगरपालिकाका प्रमुख शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता फलदायी हु्ने विस्वास व्यक्त गरे ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्