मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ ।
सोही योजना अनुसार बैंकले भक्तपुरको मध्यपुरठिमी न.पा. वडा नं. १, लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई लागि सहयोग गरेको छ ।
बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमका बीच सहयोगका लागि चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप–क्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्वबन्धु गौतम तथा अन्य सदस्यहरुको उपस्थिति थियो । यस सहयोगबाट पार्क निर्माण, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने विस्वास लिएको बैकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्न सकिने लगायतका सेवा पनि दिँदै आएको जनाएको छ ।