जीवन विकास वित्तीय संस्था चौथो वर्षमा प्रवेश

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यहरु गरेकोसमेत जनाएको छ ।
वित्तीय संस्थाले स्थानीय थ्रीजीरो क्लव तथा नव बिहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान गरिएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय कार्यालयका कर्मचारी, जिल्ला प्रमुखहरु, शाखा प्रमुख तथा काकर्मचारी र स्थानीय संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।
लघुवित्त संस्था लिमिटेड राष्ट्रिय स्तरको वित्तीय संस्था हो । हाल २१ वटामा जिल्लामा १४६ वटा शाखामार्फत ३ लाख २४ हजार परिवारलाई वित्तीय सेवा र सामाजिक तथा डिजिटल सेवासमेत प्रदान गरिरहेको संस्थाले जानकारी दिएको छ ।