एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ ।
बैंकका कार्डबाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णप्रसाद ज्ञवाली हस्ताक्षर गरेका छन् ।
एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार छ, जुन उद्योगमा उच्चतममध्ये एक हो । हाल बैंकले ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्कमार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।