पुम्दीकोट महादेवको मूर्ति दर्शनार्थीलाई खुला

पोखरा- पोखरा–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोट महादेवको मूर्तिमा मंगलबार शिवरात्रि पर्वको अवसरमा दर्शनार्थीलाई पूजा सहित दूध चढाउन खुला हुने भएको छ ।
पुम्दीकोट विकास समितिको आयोजनामा शिवरात्रिको अवसरमा बिहानै देखि शिवका भक्तलाई पूजा सहित दूध चढाउनका लागि खुला गरिने भएको समितिकाअध्यक्ष चन्द्रकान्त बरालले बताए । उनले भने,“यसपालि हामीले औपचारिक उद्घाटन सहितको भव्यरूपमा शिवरात्रिमा पूजा गर्ने तयारी पुगेन, विशाल महादेवको मूर्तिमा दर्शन गर्न आएका दर्शनार्थीलाई भने हामीले पूजा सहित दूध चढाउने व्यवस्था भने मिलाउने छौं ।” मंगलबार सुरक्षाकर्मी सहितको केही स्वयं सेवकसमेत परिचाल नहुने भएको अध्यक्ष बरालले बताए । उक्तविशाल महादेवको मूर्ति निर्माण परियोजनाका केही भौतिक काम बाँकी रहेकाले शिवरात्रिको अवसरमा स्वेच्छिक रूपमा सहयोग गर्नेका लागि समेत स्वागत गरिने भएको समितिले जनाएको छ ।
उक्त परियोजनाको करिब ५० प्रतिशतकाम सकिँदा २० करोड लगानीभएको उनले जनाए ।
उक्त परियोजनामा संघीय सरकारले चार करोड, गण्डकी प्रदेश सरकारले तीन करोड र पोखरा महानगरपालिकाले एक करोड ५० लाखआर्थिक सहयोग प्राप्तभएको अध्यक्ष बरालले जनाए । २०७३ साल ३ फाग’नदेखि १३ गतेसम्मआयोजनाभएको शिवमहाप’राणमा करिब २० रोपनीजग्गा, ६ करोड १८ लाख नगद फाग’न देखि संकलन भएको समितिले जनाएको छ । समितिले आगामी वैशाखमा महायज्ञ समेत गर्ने तयारी गरेको अध्यक्ष बरालले बताए । समितिसंँग हालकरिब तीन करोड रुपैयाँ ऋणमा भौतिक संरचनाको काम सम्पन्न भएकाले पनि महायज्ञ पुनःआयोजना गर्न लागिएको समितिले जनाएको छ ।