Logo

सबैभन्दा बढी विद्यालय छोड्नेमा कक्षा २ का विद्यार्थी

दाङ – सरकारले विद्यालयमा आएका विद्यार्थीहरूलाई विद्यालय मै रोक्नका लागि विभिन्न योजना ल्याएको छ । तर, जिल्लामा सामुदायिक विद्यालय पुगेका विद्यार्थीहरू विद्यालय छोड्न भने रोकिएको छैन । विद्यालय छोडने विद्यार्थीहरू रोक्नका लागि माध्यमिक विद्यालय सम्मको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएका स्थानीय तहहरूले समेत ठोस योजना ल्याउन सकेका छैनन् । जसले गर्दा विद्यालय सम्म पुगेका विद्यार्थीहरूले विद्यालय छोडने गरेका छन् ।
विद्यालयहरूले समेत विद्यार्थीहरूलाई विद्यालयमा रमाएर वस्ने वातावरण निर्माण गर्ने सकेका छैनन् । जिल्लामा सबैभन्दा वढी विद्यालय कक्षा २ मा अध्ययनतर विद्यार्थीहरूले छोडने गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका अनुसार शैक्षिक सत्र २०७७ तथ्याङक अनुसार सबैभन्दा बढी कक्षा २ मा पढने विद्यार्थीले विद्यालय छोडने गरेका हुन । शैक्षिक सत्र २०७७ मा ३.३ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मित्रप्रसाद गौतमले जानकारी दिए । शिक्षा विकास तथा समन्यव इकाइका शैक्षिक सत्र २०७७ का अनुसार जिल्लामा कक्षा १ मा कक्षा दोहो-याउने दर ७.३ प्रतिश र कक्षा छोडने दर ३ प्रतिशत रहेको छ ।
कक्षा २ मा ४.५ प्रतिशत विद्यार्थीले कक्षा दोहो-याउने गरेका छन् भने ३.३ प्रतिशतले विद्यालय छोडने गरेका छन् । कक्षा ३ मा ३.८ प्रतिशतले कक्षा दोहो-याउने गरेका छन् भने २.३ प्रतिशतले कक्षा छाडने गरेका छन् । कक्षा ४ मा ४.२ प्रतिशतले कक्षा दोहो-याउने गरेका छन् भने २ प्रतिशतले विद्यालय छोडेका थिए ।
यसै गरेर कक्षा ५ मा ४.२ प्रतिशतले कक्षा दोहो-याएका थिए । भने १.८ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ६ मा ३.६ प्रतिशतले विद्यालय दोहो-याएका थिए । भने २ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ७ मा ४.१ प्रतिशतले कक्षा दोहो¥याएका थिए । भने २.२ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ८ मा ५.५ प्रतिशतले कक्षा दोहो-याएका थिए । भने ३.२ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा ९ मा ४.१ प्रतिशतले कक्षा दोहो-याएका थिए । भने २.४ प्रतिशतले विद्यालय छोडेका थिए । कक्षा १० मा ०.५ प्रतिशतले कक्षा दोहो-याएका थिए । भने १.२ प्रतिशतले विद्यालय जाडेका थिए । विद्यार्थीहरूले विद्यालय छोडनु मुख्य कारण सामाजिक तथा आर्थिक कारण रहेको पाइएको समन्वय एकाइका प्रमुख गौतम बताउछन् । ‘अधिकाश विद्यार्थीहरू सामाजिक तथा आर्थिक कारणले विद्यालय छोड्ने गरेको पाइएको छ ’ उनले भने । कतिपय सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरू छोडेर निजीमा समेत जाने गरेका छन् । यसले पनि विद्यालय छोड्ने सङख्या बढी देखिने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्