‘राफल्स् एडुकेयर एसोसिएट्स’द्वारा ६ हजारमै अष्ट्रेलियाको अफर सार्वजनिक

काठमाडौं । राफल्स् एडुकेयर एसोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एसोसिएट्सले विद्यार्थीहरूको भविष्य र अभिभावकको आर्थिक पाटोलाई मध्यनजर गर्दै ६ हजार डलरमा नै यस्तो अफर ल्याएको जानकारी दिइएको हो ।
यस अफरअन्तर्गत विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहाने कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक २.४१ जीपीए ल्याएको हुनुपर्ने र आईएलटीएसमा कम्तीमा ५.५ अंक र पीटीई-टोफेलमा सो सरहका अंक ल्याउने विद्यार्थीहरूले सहजै आवेदन दिन सक्ने एसोसिएट्सले जनाएको छ ।
एसोसिएट्सले कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरूमा पर्न गएको आर्थिक भार धरै हुँदसम्म न्यूनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरेको बताएको छ ।
यस अफरबाट सयौ विद्याथीहरू र अभिभावकहरूको लागि फलदायी हुने राफल्स् एडुकेयर एसोसिएट्स संस्थापक दिनेश ढकालले बताए । ढकालले यस अफर अन्तर्गत अष्ट्रेलियाका स्याडनी, मेलबर्न, पेर्थलगायतका उत्कृष्ट शैक्षिक संस्थाहरूमा विभिन्न कोर्षहरूमा अध्ययन गर्न सक्ने जानकारी दिए ।
विद्यार्थीहरूले आइटी, मार्केटिङ, ट्राभल एन्ड टुरिजम, लिडरसिप एण्ड म्यानेजमेन्ट, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ एन्ड कम्युनिकेसन लगायतका अन्य धेरै कोर्सका लागि प्रक्रिया बढाउन सक्ने उनले बताए । ढकालले यसै अफरमा केही विद्यार्थीहरूले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरिसकेको पनि जिकिर गरे । आफ्नो संस्थाले २००५ देखि अष्ट्रेलिया युके, क्यानडा, यु.एस.ए लगायतका विभिन्न युरोपियन राष्ट्रहरूमा जान चाहाने विद्यार्थीहरूलाई परामर्श दिइरहेको बताए ।
उच्च शिक्षाका लागि वैदेशिक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरूलाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झन्डै दुई दशकको इतिहास बनाएको पनि ढकालले सुनाए ।