सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमादाबी भुक्तानी गरेको छ ।
बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटनामा मुत्यु भएकाले उनीक श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गतको सो दुर्घटना बिमा रकम हस्तान्तरण गरिएको हो ।
सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको औषधीउपचार बिमा, १० हजार बराबरको ओपिडी सेवा र ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।