Logo

नेपाल डिजिटल पेमेन्ट्स पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक रूपमा सम्झौता भएको छ ।
सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् एनडिपिसिद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेसनल पेमेन्ट स्विचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण ग्राहकहरूलाई प्रदान गर्ने जनाइएको छ ।
यस्तै विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत् अन्तरआवद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्