Logo

आइएमई पे र दराजबीच सम्झौता

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।
सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे । सम्झौता अनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । आइएमई पेका बस्नेतले सम्झौताले पुरानो प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्