Logo

गल्फ लुब्रिकेन्टको सोरुम नेपालगन्ज र दाङमा

गल्फ लुब्रिकेन्टको सोरुम नेपालगन्ज र दाङमा सुरु भएको छ ।
ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्न नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय भएको बताए ।
नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराइले नयाँ उच्चस्तरीय सोरुमहरुबाट सबै गल्फ ब्रान्डका उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने बताए । ग्राहकले पनि उच्च गुणस्तरका लुब्रिकेन्ट प्रयोग गर्न पाउने विस्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्