Logo

डिशहोम फाइवरनेटको सह–वितरण सोरुम इनरुवामा

डिशहोम फाईवरनेटले सुनसरीको ईनरुवामा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ ।
सोरुम समुद्धघाटन, डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले गरेका हुन् । खुस्बु इनटरप्राइजेजले विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकमाझ पु-याउँदै आएकाले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा पनि दिने बताइएको छ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको इनटरप्राइजेजले अब अझ बढी ग्राहकलाई सो सेवा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्