कोका–कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा
कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध रहेको छ ।
नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्तासँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनको लागि पुनःप्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
“हामी हाम्रा नेपाली उपभोक्ताहरुलाई धेरै भन्दा धेरै चोइसेजहरु प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ, चाहे त्यो पेय पदार्थमा होस् या प्याकेजिङमा होस्” कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “साही अनुसार हाम्रो सबैभन्दा सानो र सबैभन्दा कान्छो प्याक कान्छु बोतल जम्मा २५ रुपैयाँमा यहाँँहरु सामु ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । फ्यान्टा र स्प्राइटमा पनिउपलब्ध यो प्याकको भरपुर मज्जा हाम्रो उपभोक्ताहरुले लिनुहुनेछ भन्ने हामी विस्वस्त छौं ।”
कम्पनीका अनुसार यो नयाँ आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिवद्धता थप प्रमाणित भएको छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको छ ।”