Logo

टनेल प्रविधिबाट तरकारी उत्पादन

तेह्रथुम-धनकुटाको महालक्ष्मी–१ मा घरैपिच्छे टनेल प्रविधिमार्फत खेती अभियान नै सञ्चालन भइरहेको छ । सो टनेल घरमा मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेपछि किसानहरु दंग परेका छन् ।
टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानीसमेत गराएको छ । यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माण गरेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाएर उपभोग गरि केही बिक्री गर्न सफल भएको स्थानीय सीता थापाले बताइन् ।
टनेल घरमा किसानले साग, खुर्सानी, गोलभेँडा, काउली जस्ता तरकारी उत्पादन गरिरहेका छन् । बाहिरको खुला वातावरणमा भन्दा टनेल घर भित्रको बिरुवा लामो समयसम्म रहने र उत्पादन पनि धेरै दिने स्थानीय हर्कबहादुर पौडेलले बताए । थापा र पौडेल जस्तै प्रायजसो यहाँका सबै घरमा टनेल निर्माण गरी तरकारी उत्पादन गर्दै आएका छन् ।
टनेलबाट खेती सुरु गर्दै आएपछि यहाँका किसानले बेमौसमी खेती गर्न थालेका छन् । सिजनमा मात्रै उत्पादन हुने तरकारी बेमौसमी खेती भएपछि आम्दानी पनि बढ्न थलोको छ । टनेलबाट तरकारी खेतीले किसानलाई आम्दानी लिन थय सहयोग पुगेको किसान बताउँछन् । किसानलाई उपलब्ध गराएको सहयोगबाट उनीहरुले उत्साहजनक रुपमा तरकारी उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्