नक्साल तरकारी बजारमा क्यूआरबाट पेमेन्ट गर्दा सानिमा बैंकका ग्राहकलाई छुट

सानिमा बैंकले ग्राहकले नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्ने भएका छन् ।
उक्त योजना फागुनदेखि आगामी वैशाख मसान्तसम्मका लागि लागू हुने बैंकले जनाएको छ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५०० रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।