Logo

रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

रिद्धिसिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन भएको छ । ४५ वर्षको उमेरमा ५ फागुनमा निधन भएको हो ।
खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रअन्तर्गत गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका थिए । दीर्घकालिन सोच बोकेका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको रिद्धिसिद्धि सिमेन्टले बताएको छ । कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।
यो सिमेन्ट २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापना भएको शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापनाको पाँच वर्षभित्रै सिमेन्टले उपभोक्ताको विस्वास जित्न सफल भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्