Logo

एक वर्षमा पाँच सय निसान म्याग्नाइट नेपाली बजारमा

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान म्याग्नाइट सार्वजनिक गरेको एक वर्ष पूरा गरेको छ ।
२२ फेब्रुअरी २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै एक वर्षभित्र एक हजार ४९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा आएको र नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २२६ वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।
एक वर्षको छोटो समयावधिमा यस एस.यू.भीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ । निसान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’ का–अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स् २०२१ को बिजेता बनेको छ । त्यसैगरी सुरक्षामा ग्लोबल एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्