हिमाल आरोही पुर्जा पर्यटनका लागि सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेका हुन् ।
मन्त्री आलेले कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको बताए । मन्त्री आलेले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्ने गरी अगाडी बढ्न शुभकामना व्यक्त गरेका थिए ।
हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताए । आगामी दिनमा पनि देशलाई विश्माझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको पुर्जाको भनाई थियो । पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए भने उनको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।