एनसिसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ ।
यो सम्झौताले बैंकका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ । यस सम्झौतामार्पmत बैंकका ग्राहकहरुले ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउँछन् ।
यस्तो छुट ओपिडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसिजी, इन्डोस्कोपी÷कोलोनोस्कोपी, युएसजी-इइजी,सिटी स्क्यान-पिएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० हुने बैंकले जनाएको छ ।
यसैगरी एसिसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा अप्टिकल्स सामग्रीमा ३० प्रतिशत छुट पाउँछन् । ओपिडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट पाउँछन् ।
देशैभर शाखा सञ्जाल रहेको एनसिसी बैंकले ७ वटै प्रदेश १३७ शाखा विस्तार गरेको छ । १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई सेवा दिइरहेको बैंकको भनाइ छ ।