महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो अब मलंगवामा पनि

महिन्द्रा समुहको इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंवामा सार्वजनिक भएको छ ।
कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, ससस्त्रएसपी भरत बाँनिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा ८ का अध्यक्ष ईश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारीहरु, स्थानीय तथा महिन्द्राका पदाधिकारीहरु उपस्थित थिए ।
महिन्द्रा ट्रियो भारतको बैंग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको कम्पनीले बताएको छ । महिन्द्राको आधिकारिक इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँ बराबर (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्ने कम्पनीको दावी छ ।
अग्नि इनर्जी जनकपुरधाम–२३, धनुषाका लागि बिक्रेता साइनए अटो मोबाइलका प्रबन्धनिर्देशक आलोक शाहले महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङको लाभ उठाउन सक्ने बताए । यो अटो पूरा चार्ज गरेपछि १२० किमी गुड्न सक्छ ।
आकर्षक डिजाइनमा रहेको यो अटो प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिडमा गुड्ने कम्पनीले बताएको छ । यसमा तीन यात्रु र चालक आरामदायी तरिकाले बस्न सक्ने गरी क्याबिन सिट तयार गरिएको छ । अटो नीलो र सेतो रंगमा उपलब्ध छ ।