आइएमई पे–बाट किराना सामान किन्दा दस प्रतिशत छुट

आइएमईपेमार्फत विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सामग्री खरिद गर्दा दश प्रतिशत छुट हुने भएको छ ।
उपभोक्तालाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यो अवसर ल्याएको कम्पनीले बताएको छ । आइएमई पेले स्क्यान एनि क्यूआर अभियान ल्याएको छ । यो अभियानमार्फत बजारमा रहेका जुनसुकै क्यूआर स्क्यान गरी सहजै भुक्तानी गर्न सकिन्छ।
प्रयोगकर्ताले केवल आइएमई–पे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्छन् । यो अफर एक पटक मात्रै पाइनेछ । भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्सबेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट मा सामान खरिद गर्दा छुट पाइने उल्लेख गरिएको छ ।
यो अफर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाइ छ ।