Logo

फोर्स गुर्खा जिपको बुकिङ खुला

फोर्स गुर्खा जिपको मूल्य सार्वजनिक गरी बुकिङ खुला भएको छ ।
फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले फोर्स गुर्खा आयात तथा बिक्री गर्दछ । अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रसिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको कम्पनीले जनाएको छ ।
फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुवै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकाले जस्तोसुकै बाटोमा पनि उपयुक्त रहेको बताइएको छ ।
साथै वल्की डिजाइन र बोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डी हेडल्यम्प विथ डी आर यल, टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्पिङ सस्पेन्सन जस्ता फिचर रहेको उल्लेख छ ।
फोर्स गुर्खामा स्नोरकल भएकाले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रूपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एबीएसईडीबी ब्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस र ग्याङवे रहेको कम्पनीले बताएको छ ।
जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ छ । साथै यो मूल्य केही समयका लागि मात्र लागु हुने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्