फ्रेसो क्यान्डीको ‘फ्रेसो ब्रेथ’ अभियान

सुजल फुड्सले फ्रेसो ब्रेथ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ ।
क्यान्डीले स्फूर्तदायी ताजा स्वास प्रदान गर्नुको साथै आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो । किशोर र युवाहरूलाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियाहरुमा, प्रसारण तथा सञ्चारमाध्यमहरू जस्तैः डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरूमार्फत प्रकाशन तथा प्रसारण गरिएको छ ।
क्यान्डीले स्फूर्तिदायी सास प्रदान गर्दछ साथैै शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिने कम्पनीको दावी छ ।