इ–सेवा ट्राभल्स् एण्ड टुर्सको सद्भावना दूतमा क्याप्टेन लामा

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । कम्पनीले एक कार्यक्रम गरेर लामालाई ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुने विश्वास लिएको कम्पनीकले जनाएको छ । साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट पाउने अपेक्षा गरिएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्याप्टेन लामालाई एम्बेस्डर बनाउँन पाउँदा निकै गर्व महशुस भएको बताए । ब्राण्ड एम्बेष्डर लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इ–सेवासँग जोडिन पाउँदा खुशी लागेको बताए । यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे । इ–सेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय उडानको समेत टिकट बिक्री गर्न सुरु गरेको छ ।