एनआरएनएले खगेन्द्र नवजीवन केन्द्रलाई एक हजार ह्विलचेयर सहयोग गर्ने «

एनआरएनएले खगेन्द्र नवजीवन केन्द्रलाई एक हजार ह्विलचेयर सहयोग गर्ने

 गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रलाई १ हजार वटा ह्विलचेयर उपलब्ध गराउने भएको छ । केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले अपांगता भएका व्यक्तिहरुलाई उत्पादन क्षेत्रमा सक्रिय गराई उनीहरुले उत्पादन गरेका सामग्रीहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर खरिद गर्ने व्यवस्था मिलाउन पहल गरिने समेत बताए ।
यसरी नै अपांगता भएका व्यक्तिको लागि अपांगतामैत्री ई–लाइब्रेरी स्थापनाका लागि पहल गर्ने समेत जानकारी दिइएको छ । सो कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्याय तथा मन्त्रालयका सहसचिव राधिका अर्याल लामिछाने र उपसचिव केशव भट्टराईको पनि सहभागिता थियो ।
सो अवसरमा संघद्वारा सञ्चालित पुनस्र्थापना कार्यक्रम (खगेन्द्र नवजीवन गृह) र नेपाल अर्थोपेडिक अस्पतालको अवलोकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्