१४ हजार बढी घर परिवारलाई लालपुर्जा वितरण

सरकारले हालसम्म १४ हजारभन्दा बढी घर परिवारलाई लालपुर्जा वितरण गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोसी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई शनिबार लालपुर्जा वितरण गर्दै हालसम्म १४ हजारभन्दा बढी घर परिवारलाई लालपुर्जा वितरण गरिएको बताएकी छन् ।
मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको कोसी गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँब्लकमा लालपुर्जा वितरण प्रक्रियाअघि बढाइएको बताएकी हुन् । उनले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिएकी छिन् । उनले लालपूूर्जा नहँुदा नागरिकतासमेत नपाई राज्यबाट प्राप्त गर्ने आफ्ना अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपुर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरेकी छन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोगसमेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आपूm लागिरहेको पनि बताएकी छन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मूल्य घटाउन लागेको, जग्गाको लेखापढिमा जथाभावी रूपमा रकम लिने पद्धति रोक्न काम सुरु गरेको र मुक्त हलिया, कमलरी, कमैयाको वास्तविकता अध्ययन गरी समस्या समाधान गर्न काम सुरु गरेको पनि बताएकी छन् ।
“हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रियासमेत अगाडि बढाइसकेका छौं,” उनले भनिन्, “तल्ला तहका नागरिक र वाास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्न लागेका छौं ।”