Logo

प्रदेश र स्थानीय सरकारले कम राजस्व उठाएको आरोप

पोखरा- स्थानीय तह र प्रदेश सरकारहरुले आफ्नो श्रोतहरुबाट पर्याप्त राजस्व संकलन गर्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पोखरामा गरेको प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अन्तरक्रियाका वक्ताहरुले स्थानीय तह र प्रदेश सरकारले पर्याप्त राजस्व संकलन गर्न नसकेको बताएका हुन् ।
प्रदेश सरकार र स्थानीय तहहरु आफ्नो श्रोतको राजस्व परिचालनमा कम उत्प्रेरणा भएको, संघबाटै प्राप्त हुने राजस्वको अंश बढ्नुपर्ने माग भएको तर आफ्नो श्रोतबाट उठाउनु पर्ने राजस्व असुल गर्न भने न्यून मात्र ध्यान पुगेको आरोप लगाएक छन् । त्यसैगरी राजस्व संकलन गर्ने एजेन्सीहरु समेत उपयुक्त ढंगले स्थापना हुन नसकेको पनि उनीहरुले औंल्याएका छन् ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बरालले वित्तीय र आर्थिक अनुशासन कायम गर्न लेखामा काम गर्ने व्यत्तिहरु कसैको दवाव र डर तथा धाक, धम्कीबाट प्रभावित हुन नहुने बताए । नेपालको लेखा परीक्षण अझै समय सापेक्षा बनाउन नसकिएको उल्लेख गर्दै मन्त्री बरालले संस्थाले कठिनाइ र अभावका बाबजुत पनि राज्यलाई समेत सहयोग पु¥याएको बताए ।

प्रतिक्रिया दिनुहोस्