Logo

ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखामार्फत नेपाललाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंककातर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फ बाट नायव प्रमुखकार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्