वित्तीय साक्षरता कार्यक्रमका लागि सनराइज बैंक र एनबीआईबीच सहकार्य

सनराइज बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तीय साक्षरता कार्यक्रमलाई नागरिकसम्म पुर्याउने उद्देश्यका साथ देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
उक्त सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमति भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुर्याउने, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनाउन, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउने भन्ने उद्देश्य साथ वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको राणाले जानकारी दिइन् ।