रेडपान्डाको छाला सहित ३ जना पक्राउ

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरूले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाडौं तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी पक्राउ गरेको हो ।
जिल्ला दाङ राप्ती गाउँपालिका–१ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छाला सहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । छाला सहित पक्राउ पर्ने सबै रोल्पाका हुन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरूले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उनले बताए । बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका तीन जनालाई अब जिल्ला वन कार्यालय दाङमा थप अनुसन्धान र कानुनी कार्वाहीका लागि बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
विरोधपछि सरसफाइ कर घटाइयो
दाङ । उद्योगी व्यवसायी एवं नगरबासीहरूले महँगो भएको भन्दै विरोध पछि तुलसीपुर उपमहानगरपालिकाले लिदै आएको सरसफाई शुल्कको कर घटाएको छ । केहिमा आधा घटाएको छ भने केहिमा ८० प्रतिसत भन्दा बढी घटाइएको हो । सेवा शुल्क करको विषयमा व्यवसायी र नगरपालिका विच केहि विवाद देखिएको थियो । जसले गर्दा व्यवसायीहरूले कर धेरै भएको भन्दै विरोधसमेत गर्दै आएका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघको पहल कदमीपछि तुलसीपुर उपमहानगर पालिकाले लिदै आएको सरसफाई शुल्कको दर संशोधन गरी नयाँ करको दर लागु गरेको उद्योग वाणिज्य संघले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको १०औं नगरसभाले सो सेवा शुल्क कर संसोधन गरेको हो ।
सरसफाई शुल्क कर मध्य होटेलहरूमा बार्षिक क बर्गको होटलवाट ५ हजार ५ सय, ख बर्गको बाट ४ हजार रुपैयाँ र ग वर्गबाट वार्षिक ३ हजार यसअघि लिँदै आएको थियो । हाल सो करको दर संशोधन गरेर क वर्गको ३ हजार ५ सय, ख बर्ग को २ हजार ५ सय र ग वर्गको होटलको सेवा शुल्क कर १ हजार ५ सय गराएको छ । त्यस्तै अस्पतालहरूको भने सबैभन्दा धेरै सेवा शुल्क कर रहेकोमा त्यसलाई संसोधन गरिएको छ । अस्पतालको २४ हजारबाट संसोधन गरेर ३ हजार ५ सय , पोलिक्लिनीकको १८ हजार बाट २ हजार ५ सय, औषधी पसलहरूको १२ हजार बाट २ हजार रुपैयाँ गराएको छ ।
त्यस्तै तरकारी पसलहरूको वार्षिक सेवा शुल्क करमा थोकको १२ हजारबाट घटायर ३ हजार ५ सय, फुटकरको ६ हजारबाट घटायर २ हजार ५ सय र ढयाव्लीहरूको ६ हजारबाट संशोधन गरेर १ हजार ५ सय गराएको छ ।
अन्य प्रति सटर ६ हजारबाट २ हजार ५ सय, शैलुनको १२ हजारबाट २ हजार, पाउरोटी, डेरी, चाउमिन लगायतका साना उद्योगहरूको ६ हजा बाट ३ हजार र सिसा फ्रेम काटने व्यवसायबाट सेवा शुल्क करमा ६ हजारबाट २ हजार ५ सय रुपैयाँ सेवा शुल्क कर संशोधन गरिएको छ ।
आर्थिक विकास समितिका संयोजक माधव वलीले पहिलो सरसफाई सेवा शुल्क कर बढी निर्धारण गरिएकाले व्यवसायी तथा उद्योग वाणिज्य संघको गुसानो आएपछि छलफल गरि त्यसलाई परिमार्जन गरिएको बताए । ‘व्यवसायी तथा उद्योग बाणिज्य संघले यसमा धेरै भएको भन्दै गुनासो गर्नु भएको थियो त्यस पछि सवै बसेर यसलाई संशोधन गरेका हौं –उनले भने । कर धेरै भएको भन्दै सरसफाई शुल्क कर उठन सकेको थिएन अव भने सवैको सम्झदारी भएकाले कर उठाउन सहज हुने बताएको छ ।