Logo

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप प्रदान

भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहार स्वरुप प्रदान गरेको छ । काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगीअड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरलपीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् । लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतले उपहारस्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्य प्रति खुसी व्यक्त गरे ।
सन २०२० यता कोभिसिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्सलगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्