Logo

सुनको मूल्य एक लाख नजिक


रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ ।
युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । युक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न युरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्धसमेत लगाएको छ ।
रुस युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वको सेयर बजार गिरावट आएको छ भने कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । त्यस्तै, युद्धको प्रभाव विश्व सुन चाँदीको कारोबारमा परेकाले सुन चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै बढेको छ । अन्तर्राष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीबार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । रुस र युक्रेनबीच युद्व सुरु भएकाले अन्तर्राष्ट्रिय बजार सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले पछिल्लो समय निरन्तर रुपमा सुनको मल्य घट्बढ भइरहेको तर एक्कासी रुसले युक्रेन दुई देशबीच द्वन्द्व बढेसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए ।
अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय डरलको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको जानकारी दिनु भयो । दुई देशबीचको युद्व कै कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै शाक्यको भनाइ छ । विश्वका कुनै दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको शाक्यले बताउनु भयो । विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिँदै गएकाले सुनको माग बढी आउने तथा युद्व चर्किदै गएको अवस्थामा सुनको मूल्य घट्ने भन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको बताए ।
नेपालमा सुनको मूल्य यति नै पुग्छ भन्ने अहिले नै आकलन गर्न सकिने अवस्था नभएको उनी बताउँछन् । शाक्यले तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्ने अवस्था नभएको र अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको धारणा व्यक्त गरे ।
अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको बताए । नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्